PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

​ला लिगा : एथ्लेटिको स्पानयोलसँग बराबरीमा रोकियो, सेभिया ग्रानाडासँग पराजित



पहिलोपोस्ट

​ला लिगा : एथ्लेटिको स्पानयोलसँग बराबरीमा रोकियो, सेभिया ग्रानाडासँग पराजित

एथ्लेटिको मड्रिड ला लिगामा स्पानयोलसँग बराबरीमा रोकिएको छ। घरेलु मैदानमै भएको खेलमा एथ्लेटिको स्पानयोलसँग गोलरहित बराबरीमा रोकिएको हो। बराबरीपछि स्पानयोलसँग १/१ अंक बाँडेको एथ्लेटिकोले तेस्रो स्थानमा उक्लने मौका समेत गुमायो।

तेस्रो स्थानको सेभिया पराजित भएपछि एथ्लेटिकोलाई जित हात पार्दै तेस्रो स्थानमा उक्लने र शीर्ष स्थानको रियल र दोस्रो स्थानको बार्सिलोनासँग अंक दुरी कम पार्ने अवसर थियो। बराबरीपछि १४ खेलबाट २५ अंक जोडेको एथ्लेटिको चौथो स्थानमा यथावत छ। 

गएारती नै भएको खेलमा सेभिया ग्रानाडासँग २-१ ले पराजित भयो। ग्रानाडालाई सिजनको पहिलो जित दिलाउन आन्द्इज परेइरा र डेविड लमबनले गोल गरे। सेभियाका विसम बेन येडरले इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए।

बराबरीपछि सेभियाले पनि रियलसँग अंकदुरी कम पार्ने अवसर गुमाएको छ। सेभियाको १४ खेलबाट २७ अंक छ र तेस्रो स्थानमा कायम छ। 

यता सिजनको पहिलो जित सँगै १४ खेलबाट ८ अंक जोडेको ग्रानाडा ओसासुनालाई पछि पार्दै पुछारबाट दोस्रो स्थानमा उक्लेको छ।

गएराती नै भएको रियल र बार्सिलोनाबीच्को एल क्लासिको १-१ को बराबरीमा सकिएको थियो। रियल ३४ अंकसहित शीर्ष स्थानमा कायम छ भने २८ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ।

यस्तै पाँचौ स्थानको भियारियल लेगानेससँग गोलरहित बराबरीमा रोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell