PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

बुण्डेसलिगा : लेइपजिग पुनः शीर्ष स्थानमा फर्कियो, साल्के पराजित



पहिलोपोस्ट

बुण्डेसलिगा : लेइपजिग पुनः शीर्ष स्थानमा फर्कियो, साल्के पराजित

जारी सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको रासेनबल स्पार्ट्स लेइपजिग पुनः जर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा फर्किएको छ। साल्केका सिड कोलासिनक नायकबाट भिलेन बनेपछि लेइपजिगले साल्केलाई २-१ ले पराजित गरेको हो।

जितसँगै अपराजित रहेको लेइपजिगले वायर्नलाई पछि पारेको हो। लेइपजिगको १३ खेलबाट ३३ अंक छ भने समान खेलबाट ३० अंक रहेको वायर्न दोस्रो स्थानमा झरेको छ।

घरेलु मैदानमा भएको खेलमा टिमो वेनरको गोलमार्फत दोस्रो मिनेटमै लेइपजिगले अग्रता लिएको थियो। ३१ औं मिनेटमा साल्केका डिफेण्डर सिड कोलासिनकले गोल गर्दै खेल बराबरीमा ल्याए। तर दोस्रो मिनेटको सुरुमै उनै सिड कोलासिनकले आत्मघाती गोल गर्नु नै लेइपजिगको जितका लागि निर्णायक बन्यो।

यस्तै होफेइनहेइमले यस सिजन अपराजित यात्रा कायम राख्दा बोरुसिया डर्टमण्ड र हेर्थ बर्लिनले पनि जित हात पारेका छन्। 
होफेइनहेइमले एफसी कोलोग्नलाई ४-० ले हरायो। होइफहेइमको जितमा सान्ड्रो वागनरले २ गोल गरे भने जेरेमी टोलयान र मार्क उथले १/१ गोल गरे।

पिएरे एमरिक औवामेयाङले २ गोल गरेपछि डर्टमण्डले एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै बोरुसिया मोन्चेनग्लाडबाकलाई ४-१ ले हरायो।
 
खेलको छैटौं मिनेटमै राफेलले गोल गर्दै मोन्चेनग्लाडबाकलाई अग्रता दिलाएका थिए। तर त्यसको एक मिनेटपछि नै पिएरे एमरिक औवामेयाङले गोल फर्काउँदै बराबरी गरे। त्यसपछि लुकास पिज्जेकले गोल गर्दै पहिलो हाफमा डर्टमण्डलाई २-१ को अग्रता दिलाए।

दोस्रो हाफमा ओसमान डेम्बले र औवामेयाङले गोल गरे गरेपछि डर्टमण्ड ४-१ ले विजयी भएको हो।

यता सलोमन कलाउले इन्जुरी टाइममा पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि हेर्थ बर्लिनले वोल्फ्स्वर्गलाई ३-२ ले पराजित गरेको छ। खेलमा दुई पटक अग्रता लिएर पनि वोल्फ्स्वर्गले तयसलाई कायम राख्न सकेन। 

बोजा मायोरेल र पउल सेगुइनले दुई पटक वोल्फ्स्वर्गलाई अग्रता दिलाएपनि बर्लिनका लागि मार्भिन प्लाटेनहार्ड र एलेकजान्डर एसविनले बराबरी गोल फर्काए। ८७ औं मिनेटमा गोलकर्ता सेगुइनले दोहोरो पहेँलो कार्डको सामना गरेपनि वोल्फ्स्वर्ग अन्तिम समय १० खेलाडीमा झरेको थियो।

जितपछि बर्लिन १३ खेलबाट २७ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ। अपराजित रहँदै २४ अंक जोडेको होफेनहेइम चौथो तथा २४ अंक रहेको डर्टमण्ड पाँचौ स्थानमा छ।

एक खेल कम खेलेको एनट्रयाक्ट फ्रान्कफर्टको पनि २४ अंक रहेपनि गोलअन्तरमा छैटौं स्थानमा छ। एनट्रयाक्ट फ्रान्कफर्टले आज राती अग्सवर्गसँग उसैको मैदानमा खेल्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell