PahiloPost

Mar 30, 2025 | १६ चैत्र २०८१

संसदबाहिर प्रहरीले प्रहार गर्‍यो अश्रुग्यास, श्रीलङ्कामा तनाव



पहिलोपोस्ट

संसदबाहिर प्रहरीले प्रहार गर्‍यो अश्रुग्यास, श्रीलङ्कामा तनाव

कोलम्बो : श्रीलङ्काली संसदमा वार्षिक बजेटका विषयमा छलफल भइरहेको समयमा संसदबाहिर प्रतिपक्षीका समर्थक हजारौँ प्रदर्शनकारीलाई भगाउन प्रहरीले अश्रुग्यास तथा पानीको फोहरा प्रयोग गरेको छ।
 
प्रदर्शनकारीलाई पूर्व राष्ट्रपति महिन्दा राजापक्षका समर्थकहरूले नेतृत्व गरेका थिए र उनीहरूले यातायात अवरुद्ध पार्नुका साथै संसद जाने मार्गलाई शनिबार निकै घण्टासम्म रोकिदिए।
 
प्रतिपक्षी सांसद रणजित सोयसाले प्रदर्शनकारीहरूले स्थानीय निर्वाचनको माग गरेको बताए। नयाँ निर्वाचन प्रणाली तयार गर्न गत वर्ष गरिनुपर्ने स्थानीय निर्वाचन रोकिएको छ। उनले संसदमा प्रहरीले अश्रुग्यास प्रयोग गरेको र आफूसहित १० सांसद प्रभावित भएको बताए।
 
यसअघि श्रीलङ्कामा सडक मार्ग सुरक्षित बनाउन यातायात कानुन उल्लङ्घन गर्नेलाई गरिने जरिवाना ५० गुणा बनाउन राखिएको प्रस्तावको विरोध गर्ने निजी बस सञ्चालक तथा चालकसँग प्रहरीको भिडन्त भएको थियो।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell