PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जनकपुरधाममा राम-जानकी महोत्सवको उल्लास, हेर्नुस् ११ फोटोमा

जनकपुरधाममा राम-जानकी महोत्सवको उल्लास, हेर्नुस् ११ फोटोमा

राधेश्याम पटेल/पहिलोपोस्ट


जनकपुर : चोकचोकमा रामजानकीको भजन गुञ्जिरहेको छ। धार्मिक-सांस्कृतिक झाँकी, धार्मिक कथा प्रवचन, सांस्कृतिक कार्यक्रमको रौनक बेग्लै। यति बेला मिथिलाञ्चलकै सबैभन्दा मुख्य पर्वको रुपमा चिनिने रामजानकी महोत्सव जनकपुरमा भव्य रुपमा मनाइँदै छ।
 
एक साता अघिदेखि सुरु भएको यो महोत्वसको आज विशेष दिन अर्थात् रामजानकीको शुभविवाहको उल्लास हो। यही उल्लासमा तानिएर आन्तरिक तथा बाह्य पर्यटक भित्रिइरहेका छन्। यहाँ मात्र होइन विवाह पञ्चमी मुलुकभर नै मनाउने गरिएको छ।

भगवान् रामको ससुराली र सीताको माइत जनकपुरमा रामजानकी विवाह महोत्सव मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको थियो। यहाँ अहिले नेपाल र भारतका लाखौं श्रद्धालुको घुइँचो लागेको छ। मिथिला परम्पराअनुसार गरिने यो वैवाहिक महोत्सवका लागि जनकपुरको जानकी मन्दिरलाई झकिझकाउ सजाइएको छ।
 
प्राचीन मिथिलाको राजधानीको धर्मग्रन्थमा जनकपुरलाई उल्लेख गरिएको छ। त्रेता युगमा राम-सीताबीच भएको विवाहको स्मरणमा हरेक वर्ष साताव्यापी रुपमा मंसिर शुक्ल पञ्चमीका दिन रामजानकी महोत्सव आयोजना हुँदै आएको छ।
 
महोत्सव अन्तर्गत १५ गते फूलबारी लिला, १६ गते धनुषयज्ञ, चौथो दिन १७ गते तिलकोत्सव, १८ गते मटकोर कार्यक्रम आयोजना भइसकेका छन्। सातौं दिन आर्थात् भोलि रामकलेवाको आयोजना गरी महोत्वस सम्पन्न हुनेछ।
 
महोत्सवकै कारण जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell