PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

डा. केसीको अनसन तोडियो, भूकम्पपीडित बालकले पिलाए जुस



पहिलोपोस्ट

डा. केसीको अनसन तोडियो, भूकम्पपीडित बालकले पिलाए जुस

काठमाडौं : आमरण अनसनमा रहेका डा. गोविन्द केसीले २२औं दिनमा केही बेरअघि अनसन तोडेका छन्।
 
सरकार र केसीबीच १२ बुँदे सहमति भएपछि उनी अनसन तोड्न सहमत भएका हुन्। उनलाई भूकम्पपीडित साढे दुई वर्षका बालक मरसाङ तामाङले जुस पिलाएका थिए। गतवर्षको भूकम्पमा परी उनले आमा गुमाएका थिए। 

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा केपी सिंह र त्रिविका उपकुलपति तीर्थ खनियाँको राजीनामा लगायत १० बुँदे माग राखी उनी दसौं चरणको अनसनमा थिए। वरिष्ठता मिचेर डिन नियुक्त गरिएकोमा उनको असन्तुष्टि थियो। शुक्रबार नै सिंहले राजीनामा दिएका छन् भने शनिबार सरकारले नयाँ डिनमा प्राडा जगदीशप्रसाद अग्रवाललाई नियुक्त गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell