PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

अर्घाखाँचीको अनिश्चितकालीन बन्द आज अपराह्न ३ बजेदेखि खुल्ने



रासस

अर्घाखाँचीको अनिश्चितकालीन बन्द आज अपराह्न ३ बजेदेखि खुल्ने

अर्घाखाँची : प्रदेश नं ५ बाट पहाडी जिल्ला छुट्याउने गरी संशोधन प्रस्ताव संसद् सचिवालयमा मं‌गलबार राति दर्ता भएपछि बुधबारदेखि अनिश्चितकालीन बन्द भएको अर्घाखाँची आज अपराह्न ३ बजेदेखि खुल्ने भएको छ । 

पाँच दिनदेखिको बन्दले जनजीवनमा असर परेको सोमबार बिहान ११ बजेसम्म बन्द तथा आम हडताल फिर्ता लिइएको सङ्घर्ष समितिका संयोजक विष्णु मुस्कानले बताए। 

बन्दका कारण सन्धिखर्कबाट छुट्ने लामो तथा छोटो दूरीको सवारी साधन चल्न सकेका छैनन्। बजार, उद्योगधन्दा तथा कलकारखाना ठप्प छन्। 

बन्दका कारण रोकिएको विद्यालयको अर्धवार्षिक परीक्षा मङ्गलबारदेखि सञ्चालन गर्न दिइने निर्णय भएको छ। बन्दप्रति उद्योग वाणिज्य सङ्घ, प्याब्सन, नेपाल पत्रकार महासङ्घ र अन्तरपार्टी महिला सञ्जालको पनि ऐक्यबद्धता छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell