PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

भावुक बनेर डा. केसीले के भने? अनसन तोड्दाका १० फोटो

भावुक बनेर डा. केसीले के भने? अनसन तोड्दाका १० फोटो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपालको चिकित्सा क्षेत्रमा चलिरहेको भ्रष्टीकरण र माफियाको अन्त्यका लागि पटकपटक अनसन बस्दै आएका जोधाहा चिकित्सक गोविन्द केसीले २२ दिनको आमरण अनसन आज तोडेका छन्। यो उनको दसौं चरणको अनसन हो।
 
सरकार र डा. केसीबीच १२ बुँदे सहमति भएपछि उनी अनसन तोड्न सहमत भएका हुन्। उनलाई भूकम्पपीडित साढे दुई वर्षका बालक मरसाङ तामाङले जुस पिलाएका थिए। गतवर्षको भूकम्पमा परी उनले आमा गुमाएका थिए।
 
अनसन तोड्नुअघि सहमतिपत्रमा सरकार तर्फबाट वार्ता टोलीमा रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र डा‌‍‍‍. केसीले हस्ताक्षर गरे।
 
हस्ताक्षरपछि बोल्दै केसीले वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्छ भन्ने माग पूरा भई कार्यान्वयनमा आए पनि बाँकी माग चाँडै कार्यान्वयन हुनुपर्ने बताएका छन्।

'दलहरु त गैरजिम्मेवार भइहाले। तर समस्त नेपाली जनता र सञ्चारमाध्यमहरुले संवेदनशील र जिम्मेवार भूमिका निभाउनुभएको छ। म धन्यवाद दिन चाहन्छु,' केसीले भावुक हुँदै भने।


ट्रेन्डिङ पोस्ट

Ncell