PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

​निर्देशक शर्मा तथा ध्वनि संयोजक उपाध्यायलाई कामनाको लाइफ टाइम अचिभमेन्ट अवार्ड



पहिलोपोस्ट

​निर्देशक शर्मा तथा ध्वनि संयोजक उपाध्यायलाई कामनाको लाइफ टाइम अचिभमेन्ट अवार्ड

काठमाडौं: लक्स कामना फिल्म अवार्ड २०७३'मा लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा तथा ध्वनी संयोजक प्रदिप उपाध्यायलाई किर्तीमय दिर्घ योगदान सम्मान दिइएको छ।

लेखक शर्मा असन्तोष, घाइते गुप्तचर, अँध्यारो जस्ता तीन उपन्यासका स्रजक हुन्। उनले दुई दर्जनभन्दा बढी नेपाली फिल्मका लागि पटकथा, कथा तथा संवाद लेखेका छन्। बदलिंदो आकाश, छोरी बुहारी, साथी, मिलनजस्ता फिल्म निर्देशन समेत गरेका शर्मा अहिले फिल्म सम्बन्धी विषय अध्यापन गराउँछन्।

त्यस्तै ध्वनी इन्जिनियर प्रदिप उपाध्यायले नेपाली फिल्म क्षेत्रमा ध्वनीका लागि पहिलोपटक आवश्यक सामाग्री भित्राएका थिए। प्राविधिक बिकासका लागि उनले नेपाली फिल्ममा पुर्याएको योगदानका लागि लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको आयोजकले जनाएको छ।

अवार्ड कार्यक्रममा प्रमाणपत्र र ट्रफी वितरण बाहेक विभिन्न सांगीतिक प्रस्तुतीहरु पनि गरिएको थियो। भारतिय डान्स ग्रुप स्केलेटन, नेपाली डान्स ग्रुप कार्टुन क्रुज, एउटा मात्र खुट्टाले उभिएर नाच्ने कलाकार रोमी न्यौपाने र नायिका नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेका थिए।
त्रिपुरेश्वर स्थित आर्मी अफिसर्स क्लबमा भएको कामना अवार्डको यो दोस्रो संस्करण हो। अवार्डमा नयाँ पुराना कलाकार तथा चलचित्रकर्मीको उपस्थिती थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell