मेडिलिन (कोलम्बिया) : कोलम्बियामा गत सोमबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका ब्राजिलियन क्लब चापाकोएन्सका खेलाडीहरुको शव ब्राजिल पुर्याइएको छ।
ब्राजिलको माथिल्लो डिभिजनको क्लब चापाकोएन्सको टोली रहेको उक्त चार्टर्ड विमान दुर्घटना हुँदा खेलाडी र पत्रकार गरी ७१ जनाको मृत्यु भएको थियो।
उनीहरुको शव स्वदेश फर्काउँदा अन्तिम बिदाई गर्न फ्यानहरु चापाकोएन्सको मैदानमा पुगेका थिए। यसअघि उनीहरु फूल, सेतो बेलुन र झण्डा लिएर विमानस्थल वरिपरिका सडकमा आएका थिए।
चापाकोएन्स क्लब रहेको सहर चापेकोमा रहेको दुई लाख जनसंख्यामध्ये आधाभन्दा बढी फ्यान मैदान पुगेका थिए। वर्षा भइरहेको बेला पनि २० हजार मात्र क्षमता रहेको मैदानमा आफ्ना प्रिय खेलाडीहरुलाई श्रद्धान्जली दिन समर्थकहरुको भिड लागेको थियो।
मैदानमा विपक्षीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीको गोल हेर्न लालायीत खेलाडीहरुको यो दिन भने शव राखिएको बाकस देख्नुपर्यो। समर्थकहरुले आँसु थाम्न सकेनन्।
कोलम्बियाको पहाडी इलाकामा ठोक्किएर भएको विमान दुर्घटना इन्धन अभावको कारण भएको बताइएको छ। दुर्घटना हुनुअगाडि विमानका चालकले विमानमा इन्धनको अभाव भएको र इन्जिनले काम गर्न छाडेको सूचना ‘कन्ट्रोल टावर’मा पठाएको जानकारी दिएका थिए।
कोलम्बियाका सञ्चारमाध्यमले जनाएअनुसार मेडेलिन नजिकै दुर्घटना हुनुअगाडि विमानका चालकले 'यहाँ इन्जिनले काम गर्न छाड्यो, इन्धन पनि छैन,' भनेका थिए।
दुर्घटनामा परी दक्षिण अमेरिकाको दोस्रो ठूलो फुटबल प्रतियोगिताका कोपा सुडअमेरिका खेल्न गएका ब्राजिलका फुटबल खेलाडी र २० जना पत्रकारलगायत ७१ को मृत्यु भएको थियो। यस दुर्घटनालाई खेलको इतिहासमा नै अत्यन्त दुखद घटनाका रूपमा लिइएको छ।