PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रहरी भन्दै मालपोत कर्मचारीको घरबाट ३४ लाख नगद र ४४ तोला सुन लुटियो



केपी ढुंगाना

प्रहरी भन्दै मालपोत कर्मचारीको घरबाट ३४ लाख नगद र ४४ तोला सुन लुटियो

ललितपुर : ललितपुर महालक्ष्मीस्थानको एक घरबाट शनिवार लुटिएको ३४ लाख नगद र ४४ तोला सुन मालपोतमा कार्यरत कर्मचारीको रहेको खुलेको छ । शनिवार विहान ३ जनाको समुहमा आएकाले जर्नबहादुर राईको डेरामा भएका ७ जनालाई बन्धक बनाएर नगद र सुन डकैती गरी भागेका थिए ।

प्रहरीस्रोतका अनुसार डकैती गरेको नगद मालपोत कार्यालय सुनसरीमा कार्यरत जितेन्द्रलाल श्रेष्ठको रहेको खुलेको छ । श्रेष्ठ राईका ज्वाई हुन् । स्रोतका अनुसार उनले सो नगद घर पास गर्न ल्याएको बताएका छन् । अनुसन्धानमा उनले घर किन्न बैना गरेको देखिएको छ ।

सिआइवीको प्रहरी बनेर डकैती

शनिवार विहान साढे १ वजे ‘बुबा हामी सिआइवीका प्रहरी हौं, सर्च गर्न ढोका खोल्नुप¥यो’ भन्दै ढोका ढक्ढक्याएपछी राईले ढोका खोलेका थिए । उनले ढोका खोले लगत्तै ३ जनाको समुहमा रहेकाले उनीहरुलाई नियन्त्रणमा लिएर टेपले हात,खुट्टा र मुख बांधेर बन्धक बनाएका थिए । ७० वर्षिय बृद्ध राई बसेको कोठामा सुन र गहना फेला नपरेपछी उनीहरु अर्को कोठातिर गए जहां उनको छोरी र ज्वाई सुतेका थिए ।

पिडित परिवारले प्रहरीलाई दिएको निवेदन अनुसार उनीहरुले प्रहरी हौं भन्दै श्रेष्ठ दम्पत्ति सुतेको कोठा खोल्न ढक्ढक्याएका थिए । ढोका खोल्नुको साटो श्रेष्ठ दम्पत्ति चोर–चोर भन्दै कराएपछी उनीहरुले ढोका फुटाएर कोठामा गएर दुबै जनालाई नियन्त्रणमा लिइ उसैगरी टेपले हात,खुट्टा र मुख बांधेका थिए ।

जितेन्द्र र उनकी श्रीमती कराएपछी उनका २ जना सन्तान र भतिज उठेर आए पनि उनीहरुलाई समेत डकैतीमा संलग्न समुहले सहजै बन्धक बनाएको थियो । हातमा रड बोकेको समुहले श्रेष्ठको कोठाको दराज फुटाएर त्यहां रहेको पैसा र सुन लिएर हिडेका थिए ।

६० जना नियन्त्रणमा, डकैती गर्ने खुलेनन्

डकैतीमा संलग्न समुह हिडेपछी करिव सवा २ वजे ललितपुर प्रहरीले ‘महालक्ष्मीस्थान’को एक घरमा डकैती भएको’ सूचना पाएको थियो । सूचना आए लगत्तै प्रहरी निरिक्षक द्धारिका घिमिरे टोली लिएर घटनास्थलमा पुगेका थिए । नजिकै रहेको सिआरभी टोली थपियो । केही समयमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारी त्यही घरमा पुगे ।
प्रहरी घरमा पुग्दा कोठाका सामान भुइभरी छरपष्ट थियो ।
‘कति लुटे ?’
‘३४ लाख रुपैंया, ४१ तोला सुन ।’
लुटिएको नगद र सुनको परिमाण सुनेर प्रहरी छक्कै पर्यो ।
डकैती भएको नगद र सुनको परिमाण उच्च भए पनि प्रहरी अहिले घटनामा संलग्नहरुको खोजीमा सक्रिय देखिएको छ । अनुसन्धानकाक्रममा प्रहरीले ललितपुर क्षेत्रमा चोरी र डकैतीमा संलग्न हुनसक्ने ६० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि घटनामा संलग्न रहेकाको पहिचान हुन सकेको छैन ।

‘घटनास्थलको अवस्था हेर्दा बन्धक बनाएर पैसा र सुन लुटिएको देखिन्छ,’ परिसर प्रमुख अधिकारीले भने‘ अहिले प्रहरी घटनामा संलग्न समुहको खोजीमा सक्रिय छ ।’

३ वर्षको रेकर्ड तोडियो

आर्थिक वर्ष २०७३–०७४ उपत्यकाका लागि डकैतीविहिन वर्ष हो । एक वर्षको अवधीमा उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा डकैतीका कुनै घटना भएनन् ।

ललितपुर त ३ वर्षदेखी डकैतीविहिन जिल्ला भएको थियो । २०७० देखी २०७३ सम्म उपत्यकाका १३ वटा डकैतीका घटना भएका थिए । ती सबै काठमाडौं र भक्तपुरका घटना थिए ।  शनिवारको घटनापछी ललितपुरको डकैतीविहिन जिल्लाको रेकर्ड समेत तोडिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell