PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

स्थानीय तह पुनर्संरचनामा विवाद, सिन्धुलीका १० गाविस अनिश्चितकालीन बन्द



पहिलोपोस्ट

सिन्धुली : यहाँका १० गाविस आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ।
 
स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले गरेको सिफारिसप्रति असन्तुष्टि जनाउँदै बन्द गरिएको हो। कमलाखोज क्षेत्रका १० गाविस हत्पते, सिर्थौली, हर्षाही, जिनाखु, अरुणठाकुर, ककुरठाकुर, साविक लदाभिर, टाडी र दुधौली (हाल दुधौली नगरपालिका) गाविस बन्दको आह्वान गरिएको छ।
 
जिल्लास्तरीय पुनः संरचना प्राविधिक समितिले जनताको भावनाविपरीत स्थानीय विकास अधिकारीको निवासमा बसेर स्थानीय तहको सिफारिस गर्दा आफूहरु समस्यामा परेको भन्दै आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयवासी मदन काफ्लेले बताए।
 
समितिले पुनःसंरचना आयोगमा सिफारिस गर्दा हालको दुधौली नगरपालिकामा अन्य सात गाविस मिसाउँदै दुधौली नगरपालिका नामकरण गरेको र त्यसको सदरमुकाम दुधौलीलाई नै बनाएकोप्रति स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्।
 
उनीहरुले सात गाविस र दुधौली नगरपालिकाको बीच भागलाई केन्द्र बनाउनुपर्ने तथा नगरपालिकाको नाम भूगोलबाट राख्नुपर्ने माग गरेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell