PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

महानगरपालिकाको कारबाहीमा पर्नुहोला, घरभवन अद्यावधिक नगर्नेलाई यस्तो कडाइ!



पहिलोपोस्ट

महानगरपालिकाको कारबाहीमा पर्नुहोला, घरभवन अद्यावधिक नगर्नेलाई यस्तो कडाइ!

काठमाडौं : आगामी पुस मसान्तभित्र भवनको अद्यावधिक नगर्नेलाई काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको छ।
 
कामपा राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार कामपाले दिएको मितिसम्म पनि नगरवासीले उक्त काम नगरेमा कारबाहीमा पर्ने पक्का छ। सूचना सङ्कलनका लागि स्वीकृति लिएर सोबमोजिम निर्माण नभएका तथा स्वीकृति नलिई भवन निर्माण भएका सबै भवनको नक्सा अद्यावधिक गर्न समय दिइएको हो। गत असोज ६ गते बसेको महानगर परिषद्को निर्णयानुसार उक्त सूचना जारी गरिएको हो ।
 
पुस मसान्तसम्म निर्माण सम्पन्न प्रमाणपत्र पेस तथा निर्माण प्रमाणित नगरे त्यस्ता भवनको हकमा स्वायत्त शासन ऐन, २०५५ अनुसार कारबाही हुने बताइएको छ। नयाँ व्यवस्थानुसार निर्माण सम्पन्न प्रमाणपत्र लिएपछि मात्र नयाँ घरमा पानी र बत्तीको सुविधा पाइने व्यवस्था छ।
 
काफ्लेका अनुसार नक्सा अद्यावधिक गर्न जग्गाधनी प्रमाण प्रतिलिपि, आंशिक भवन नक्सा स्वीकृति लिएको भए सोको प्रतिलिपि तथा स्वीकृति नलिई निर्माणभए क्षेत्रफल र तल्लासहित निवेदन पेस गर्नुपर्छ।
 
त्यसैगरी निर्माण सम्पन्न प्रमाणपत्र लिएको भए सोको प्रतिलिपि, चालु आवसम्मको मालपोत तथा घरजग्गा, बहाल, व्यवसाय, सवारी र मनोरञ्जन कर तिरे/नतिरेको समेत जानकारी गराइनुपर्छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell