PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

​सिंहदरबारको विद्युत आपूर्ति अकस्मात् किन काटियो?



पहिलोपोस्ट

​सिंहदरबारको विद्युत आपूर्ति अकस्मात् किन काटियो?

काठमाडौँ : देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आइतबार दिउँसै अँध्यारो भयो। सिंहदरबारमा दिउँसो करिब १ बजेदेखि विद्युत आपूर्ति बन्द भएपछि त्यहाँका कार्यालयहरु अँध्यारो भएका हुन्। 

विद्युत प्राधिकरणका अनुसार नेपाल टेलिभिजन अगाडि रहेको विद्युत ट्रान्सफर्मर पड्कँदा विद्युत अवरुद्ध भएको हो। 

विद्युत प्राधिकरणले तत्काल ट्रान्सफर्मर मर्मतका लागि कर्मचारी पठाएको थियो। लगभग दुई घण्टापछि सिहदरबारको विद्युत आपूर्ति सुचारु भएको थियो।

तिहारदेखि काठमाडौँ उपत्यकामा लोडसेडिङ हटेपछि केही समयका लागि विद्युत आपूर्ति बन्द हुँदा पनि त्यसबारे चासो हुने गरेको छ। 

(समाचारमा फाइल फोटो प्रयोग गरिएको हो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell