
सप्तरी : निस्कृय रहेको जयकृष्ण गोइत नेतृत्वको भुमिगत समुहले जिल्ला प्रहरी कार्यालय सप्तरीको कार्यालयमा बम राखेको खुलेको छ । गोइत समुहमा संलग्न रहेका २ जनाको पक्राउपछी गोइत समुहका अभिशेकको निर्देशनमा कार्यालयमा बम राखिएको खुलेको हो ।
नथुनी यादव र भवानीप्रसाद यादवलाई पक्राउ गरेपछी सो योजनामा गोइत समुहको संलग्नता खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी दिवस लोहनीले जानकारी दिए ।
‘अनुसन्धानकोक्रममा गोइतको निर्देशनमा यी दुबै जनाले बम राखेको खुलेपछी अनुसन्धानका लागी पक्राउ गरेका हौं,’ लोहनीले पहिलोपोष्टसंग भने‘ बम राख्नु अगाडि र बम राखेपछी यी दुबैको सम्पर्क गोइत समुहका अन्य सदस्यसंग देखिएको छ ।’
प्रहरीका अनुसार पक्राउ परेका नथुनी सिराहाको प्रहरीको खोजीमा रहेका ब्यक्ति समेत हुन् । उनी सो क्षेत्रमा विभिन्न अपराधमा संलग्न रहेको प्रहरीको दावी छ । अर्का भवानीप्रसाद जर्वजस्ती रकम असुलीमा कहलिएका एसपी लोहनीले जानकारी दिए ।
मंसिर १२ गते कार्यालयको पावर व्याकअपको लागि ब्याट्री रहेको कोठा भित्र व्यागमा बम राखिएको थियो । जिल्ला प्रशासन कार्यालय सप्तरीको व्याट्री राख्ने कोठामा खैरो रङ्गको झोला भित्र बम फेला परेको थियो । बम रहेको सूचनापछी निस्कृय बनाएको थियो ।
घटनापछी गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले विज्ञप्ती जारी गरेका थिए । अनुसन्धानकोक्रममा घटनामा नथुनी र भवानीप्रसाद संलग्न रहेको देखिए पनि उनीहरु फेला परेका थिएनन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी दानबहादुर कार्कीले घटनामा यी दुबैको संलग्नाबारे पुष्टी भएकाले पक्राउ गरिएको बताए । शनिवार पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेको थियो ।