
द कपिल शर्मा शोको एपिसोडमा उपस्थित बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहारले आफू निकट कलाकारहरुको केही रहस्य सार्वजनिक गरेका छन्। उनले शाहरुख खानदेखि सिद्दार्थ मल्होत्रासम्मको केही रमाइला अनि रोचक व्यवहार खुलाएका हुन।
यस्ता छन् केही कलाकारको रमाइला रमाइला पक्ष:
करिना कपुर: करिना कपुर जानकारीको स्रोत हो। उनलाई इन्फरमेशन एजेन्सी र उनको भाइ रणविर कपुरलाई प्रशारण माध्यम भन्दा फरक पर्दैन। किनकी हरेक बिहान करिना उठेर गुगल र विभिन्न सामाजिक सञ्जाल चहार्छिन्। हरेक विषय र व्यक्ती बारे जानकारी राख्छिन। करिनालाई सेलिब्रेटीहरु को के गर्दैछन्, कता जाँदैछन्, कस्तो लगाउँदैछन् सबै कुरा थाहा हुन्छ। रणविर कपुर चाही ति जानकारी करिनाबाट करणसम्म पुर्याउने माध्यम हुन्।
सिद्धार्थ मल्होत्रा: सिद्दार्थ मल्होत्रा जनावर प्रेमी हुन्। कुनै मान्छेलाई चोट लाग्दा मल्होत्राको आँखामा आँशु आउला नआउला तर जनावरलाई केही भए उ रुन्छ। उसको एउटा कुकुर छ 'अस्कर' उसलाई सिद्दार्थ एकदमै माया गर्छ। आफ्नो मात्र होइन अरुको जनावरहरु प्रति पनि उसको उतिनै लगाव छ।
अनुष्का शर्मा: 'ए दिल है मुश्किल'को सिन सुट भइराखेको थियो। अचानक अनुष्का सट दिदादिदैँ भागिन्। सबैले उनलाई केही समस्या पर्यो होला ठाने। तर उनी त बाटो काट्दै गरेको कुकुर छेउ पुगिन्। कुकुरलाई बोकेर ल्याइन र भनिन्,'योसँग कोही छैन। माया लाग्यो।' उनी पनि सिद्धार्थ जस्तै जनावर प्रेमी हुन्।
दिपिका पादुकोण: दिपीकाको आँखामा आँसु चाँडै आउँछ। उनी चाहिने भन्दा बढी भावनात्मक छ। सानो कुरामा मन दुखाउने बानी छ। करण भन्छन्,'दिलको मामलामा कमजोर छिन् उनी।'
शाहरुख खान: बादसाह शाहरुख खान बाथरुममा मात्र चार घण्टा बिताउछन्। लामो समयको सम्बन्ध भएपनि बाथरुम भित्र उनी के गर्छन् करणलाई नै थाहा छैन। भने,'गौरीलाई र बच्चाहरुलाई पनि थाहा छैन।' उनको घरको बाथरुममा पुस्तकालय रहेको बताइन्छ। के उनी बाथरुम छिरेर किताब पढ्न तिर लाग्छन्? समयको मामलामा शाहरुख अलि ढिला छन्। जति टाढा अनि व्यस्त भएपनि १० मिनेटमा पुग्छु भन्ने उनको बानीनै हो।
आलिया भट्ट: करणको नजरमा आलिया सबैभन्दा बाठी नायिका हुन्। उनलाई एउटा कार्यक्रममा प्रधानमन्त्रीको नाम भन्न आएन भन्दैमा जिस्काउनुको औचित्य छैन। किनकी उनी निकै अगाडी आउने क्षमता राख्छिन्।
फोटो : दैनिक भाष्करबाट
फोटो : दैनिक भाष्करबाट