PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

किम्फको १४ औं संस्करण : नाकाबन्दीदेखि महिला हिंसासम्म



पहिलोपोस्ट

किम्फको १४ औं संस्करण : नाकाबन्दीदेखि महिला हिंसासम्म

काठमाडौं : काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा यो वर्ष नेपाली प्यानोरामा तर्फ सोह्रवटा फिल्म प्रदर्शन हुने भएको छ।

८ डिसेम्बरबाट सुरु हुने फेस्टिभलको १४ औं संस्करणमा २० देशका ८६ फिल्म देखाइने छ।

अयोजकका अनुसार फेस्टिभलमा भूकम्प, नाकाबन्दी, महिला हिंसा लगायत विषयका डकुमेन्ट्री, डकुड्रामा र सर्टमुभी आकर्षणका विषय बन्ने संयोजक रम्यता लिम्बुले जानकारी दिइन्।

'विभिन्न विषयका फिल्मलाई प्रदर्शनका लागि अवसर दिएका छौं' उनले भनिन् ' छानिएका फिल्मले नेपाली फिल्म मेकिङमा लाग्न चाहनेलाई प्रोत्साहन गर्छ भन्ने आशा छ।'

'बीसदेखि पच्चीस हजारसम्म दर्शक उपस्थित हुने अपेक्षा राखेका छौं',अध्यक्ष वसन्त थापाले भने,'विभिन्न ठाउँमा स्थलगत प्रदर्शनका लागि घुम्ती किम्फ पनि संचालन गर्नेछौं।'

 थापाले डकुमेन्ट्रीले समाज बुझाउन सघाउने भएकाले कतैबाट आर्थिक सहयोग नभए पनि शुभेच्छुकहरुको साथ र दर्शकको मायाका कारण हरेक वर्ष फेस्टिभल आयोजना गर्ने गरेको बताए ।

फेस्टिभलको चुनौतीबारे व्याख्या गर्दै थापाले भने,'सुन्यबाट सुरु गर्नुपर्छ। लुडोमा सर्प खेल खेलेको जस्तै हुन्छ। माथि उक्लिदै गयो कहाँ निर पुगेर फेरि पुछरमा झर्नु पर्छ।'

नेपाल टुरिजम बोर्डमा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार फेस्टिभलमा प्रथम हुने फिल्मले १५ सय डलर, दोस्रो हुनेले १ हजार र तेस्रो हुनेले पाँचसय अमेरिकी डलर प्राप्त गर्ने छन् । नेपाली प्यानोरामातर्फ विजेता हुने फिल्मले पचास हजार प्राप्त गर्नेछ ।
सिनेम्याटोग्राफी, कथा र प्रस्तुतका आधारमा फिल्म चयन गरेको ज्युरी सदस्य कवि विप्लव प्रतिकले जानकारी दिए।

सन् २००० बाट सुरु भएको किम्फ सन् २००७ बाट वार्षिक रुपमा आयोजना हुँदै आएको छ। कुमारी हलमा ५ दिनसम्म चल्ने फेल्टिभल १२ डिसेम्बरमा समापन हुनेछ। आयोजकका अनुसार फिल्म प्रदर्शन बिहान १०:३० देखि सुरु हुनेछ ।

फेस्टिभलमा यो पाली नेपाली प्यानोरामा तर्फ ३१ वटाको आवेदन परेकोमा १६ वटा छानिएका थिए । आगामी विहीबारबाट शुरु हुने फेस्टिभलको पहिलो दिन दिपक रौनियारको सेतो सुर्यको विशेष प्रर्दशनीहुंदै छ ।

नविन भट्टको राइज एन्ड फल, गोविन्द प्रसाद पोखरेलको सिमलको भुँवा जस्तै, प्रदिप पोखरेलको बारपाक सम्बन्धी डकुमेन्ट्री प्रर्दशन हुँदैछ । यसैगरी श्याम कार्कीको ब्लकेड, देवकी विष्टको देउकी प्रथामाथि बनेको डकुमेन्ट्री इन सर्च अफ देवकी समेत फेस्टिभलमा प्रर्दशन हुनेछन् ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell