PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

​एसीसी यु १९ एसिया कपका लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा



पहिलोपोस्ट

​एसीसी यु १९ एसिया कपका लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं  : श्रीलंकामा हुने एसीसी यु १० क्रिकेट प्रतियोगिताको लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ। सन्दीप लामिछानेको कप्तनीमा टोलीको घोषणा भएको हो। 

यस्तै ४ सदस्यीय वैकल्पिक खेलाडीको समेत घोषणा भएके छ। देशभरीबाट ट्यालेन्ट हण्ट मार्फत छनोट गरिएको ५२ खेलाडीबाट अन्तिम टोलीको छनोट गरिएको हो।

आइसीसी एसियाली क्षेत्रका क्रिकेट विकास अफिसर वेनकाटाउथी राजु, सिनियर टीमका प्रशिक्षक जगत टमाटा र यु १९ टीमका मुख्य प्रशिक्षक विनोद दास सम्मिलित छनोट समितीले अन्तिम टोलीको छनोट गरेको हो। 

अष्ट्रेलियाका पूर्व एकदिवसिय विश्वकप कप्तान माइकल क्लार्कको निमन्त्रणमा दुई महिना अष्ट्रेलियाको ग्रेड क्रिकेट खेलेर फर्केका सन्दीप कप्तानमा नियुक्त भएका हुन्। 

यस्तै टोलीमा रहेका अन्य खेलाडीमा यसअघि नै यु १९ विश्वकप खेलिसकेका दिपेन्द्र सिंह ऐरी, सन्दीप सुनार रहेका छन्। त्यसबाहेक टोलीमा अासिफ शेख, रविन्द्र जंग शाही, आदिल खान, भिम शार्की, अनिल कुमार शाह, पवन सराफ, सुवर्नकार उरा, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी, अभिनास कर्ण र रोहित कुमार पौडेल रहेका छन्।

सेप्टेम्बरमा भएको एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगितामा अासिफ शेखकै उत्कृष्ठ प्रदर्शनको मद्वतमा तेज पञ्चकन्याले उपाधि जितेको थियो। अासिफ बाहेक एभरेष्ट प्रिमियर लिगमा दिपेन्द्र सिंह ऐरी, सन्दीप सुनार, पवन सराफ, अभिनास कर्ण, नन्दन यादवले खेलेका थिए।

यस्तै वैकल्पिक खेलाडीमा शहाद आलम, किशोर महतो, विक्रम भुसाल र सुशान्त थापा छन्।

यही डिसेम्बर १५ बाट श्रीलंकामा हुने एसिया कपमा नेपाल अायोजक श्रीलंका, भारत र मलेसियासँगै समूह 'ए' मा छ।

यी हुन् छनोट भएका खेलाडी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell