PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पन्छीलाई आकाश संसार : टौदहमा रमाउँदै विदेशी चरा, हेर्नुस् १३ फोटोमा

पन्छीलाई आकाश संसार : टौदहमा रमाउँदै विदेशी चरा, हेर्नुस् १३ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : स्वच्छन्द उडान भर्ने पन्छीको कुनै देश र भूगोल होला?

सहजै जवाफ आउन सक्छ- हुन्न। सिंगो आकाश नै उनीहरुको जीवन-संसार हो। नत्र सात समुद्रपारबाट नेपालसम्म किन आउँथे विदेशी चरा!

उच्च हिमाली भाग, तिब्बत मात्र होइन साइबेरियाबाट पनि चराहरु आउने गरेका छन् नेपालमा। जब उता चिसो बढ्छ, नेपाली भूगोलतिर बत्तिन्छन् ती चरा। यसरी नेपाल आउनेमा टाउके हाँस, खडखडे हाँस प्रजातिका चराको संख्या बढी हुने गरेको छ।

कीर्तिपुर नगरपालिकामा पर्ने प्राकृतिक ताल हो टौदहमा यस्तै चरा भेटिए। काठमाडौंबाट दक्षिणकाली जाने बाटोमा पर्ने यो ताल ५ सय मिटर लम्बाइ र ४ सय मिटर चौडाइ क्षेत्रफलमा फैलिएको छ। यही तालमा डुबुल्की मार्दै घाम ताप्न निस्किएका चरालाई मैले क्लिक गर्न भ्याएँ।
 
टौदहमा करिब १ सय १६ प्रकारका पन्छी पाइने अनुसन्धाताहरुले पत्ता लगाएका छन्। यहाँ वर्षमा एक पटक विभिन्न प्रजातिका चराहरु बसाइँ सरेर आउने गरेका छन्। ती चरा जाडो छल्न नेपाल भित्रन्छन् र हिँउदभर यतै बसेर बच्चा कोरल्छन्। यो नेपालमा पाइन्नन‍्, वर्षमा एकचोटि आउँछन् र जान्छन्।


ट्रेन्डिङ पोस्ट

Ncell