
एएफसी बर्नमाउथले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम १६ मिनेटको अन्तरमा ३ गोल फर्काएपछि लिभरपुल बर्नमाउथसँग ४-३ ले पराजित भएको छ। बर्नमाउथको घरेलु मैदान भाइटलिटी स्टेडियममा लिभरपुलले पहिलो हाफमै २ गोल गर्दै आरामदायी अग्रता बनाएको तियो। तर दोस्रो हाफमा खेल फेरियो। लिभरपुलले एक गोल मात्र थप्न सक्दा बर्नमाउथले ४ गोल फर्कायो।
२० औं मिनेटमा साडियो माने र २२ औं मिनेटमा डिभोग ओरिगीले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाएका थिए। तर ५६ औं कलुम विलसनले पेनाल्टी मार्फत गोल गर्दै गोल अरन्तर कम पारे। ६४ औं मिनेटमा एम्रे कानले गोल गरेपछि लिभरपुलले ३-१ को अग्रता बनायो। तर लिभरपुलले अन्तिम समयमा अग्रता कायम राख्न सकेन। ७६ औं मिनेटमा राएन फ्रेजर र ७९ औं मिनेटमा स्टिभ कुकले गोल गरेपछि बर्नमाथले खेल ३-३ गोलको बराबरीमा पुर्यायो। घरेलु मैदानमा बर्नमाउथ यतिमै रोकिएन इन्जुरी टाइममको तेस्रो मिनेटमा नाथन एकेले गोल गरेपनि लिभरपुल विरुद्ध ४-३ को शानदार जित निकाल्यो।
हारसँगै लिभरपुलले दोस्रो स्थानमा उक्लने मौका गुमायो। १४ खेलबाट ३० अंक रहेको लिभरपुल तेस्रो स्थानमा यथावत छ। समान अंक भएको म्यान सिटी गोलअन्तरमा चौथोमा छ। चेल्सी ३४ अंकका साथ शीर्ष स्थानमा छ भने ३१ अंक रहेको आर्सनल दोस्रोमा छ।
जितपछि बर्नमाउथ भने १४ खेलबाट १८ अंक जोड्दै दशौं स्थानमा उक्लेको छ।
प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले एभरटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। खेल सकिन एक मिनेट बाँकी छँदा एभरटनका लेइन बेइन्सले पेनाल्टी मार्फत गोल गरेपछि युनाइटेड अंक बाँड्न बाध्य भएको हो। यसअघि ज्लाटन इब्राहिमोभिचकले ४२ औं मिनेटमा गोल गर्दै युनाइेटडलाई अग्रता दिलाएका थिए।
बराबरीपछि १४ खेलबाट २१ अंक जोडेको युनाइटेड छैटौं स्थानमा उक्लेको छ २० अंक भएको एभरटन आठौं स्थानमा छ। समान २० नै रहेको वेष्टब्रोमिच अल्विओन गोल अन्तरमा सातौंमा छ।