PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

न्युजिल्याण्डका प्रधानमन्त्रीले गरे अकस्मात् राजीनामाको घोषणा



पहिलोपोस्ट

न्युजिल्याण्डका प्रधानमन्त्रीले गरे अकस्मात् राजीनामाको घोषणा

८ वर्षदेखि न्यूजिल्याण्डको प्रधानमन्त्री रहेका जोन कीले राजीनामा दिने घोषणा गरेका छन्। उनी 'मैले अहिलेसम्म गरेका सबैभन्दा कठिन निर्णय' भावुक बन्दै कीले भने, 'मलाई थाहा छैन अब म के गर्छु'।

नेशनल पार्टीले नयाँ प्रधानमन्त्री चयन नगरेसम्म उपप्रधानमन्त्री विल इंग्लिसले कार्यवाहक प्रधानमन्त्रीको पद समाल्ने छन्।

न्यूजिल्याण्ड हेराल्ड रिपोर्टका अनुसार पपुलर लिडर समेत रहेका कीले श्रीमती ब्रोनाघको आग्रहमा राजीनामा दिएका हुन्। सन् २०१४ सेप्टेम्वरमा नेशनल पार्टीबाट तेस्रोपटकको निर्वाचन जितेका कीले सन् २०१७ को निर्वाचनमा भाग नलिने बताएका छन्।

साप्ताहिक पत्रकार सम्मेलनमा कीले पारिवारिक कारणले नै आफुले अकस्मात निर्णय लिएको बताए। उनले १२ डिसेम्बरलाई औपचारिक राजीनामाको मिति तय गरेका छन्।

फरेन एक्सचेन्ज डिलरको रुपमा पहिला मेरिल लाएन्चमा रहेका कीले सन् २००८ मा हेलेन क्लार्कलाई हराउँदै प्रधानमन्त्री पदमा लेबर पार्टीको ९ वर्षे अधिपत्य तोडेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell