PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

महालक्ष्मीस्थानमा भएको ५८ लाख डकैती ‘परिचित’बाटै



पहिलोपोस्ट

महालक्ष्मीस्थानमा भएको ५८ लाख डकैती ‘परिचित’बाटै

ललितपुर : ललितपुरको महालक्ष्मीस्थानमा भएको ५८ लाख डकैतीको घटनामा परिचितनै संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ। शनिबार बिहान जर्नबहादुर राईको डेरामा भएको डकैतीमा ४४ तोला सुन र ३४ लाख रुपैंया लुटिएको थियो।

घर किन्न बैना गरेर पास गर्न पैसा ल्याएकै दिन घरमा डकैती हुनु, डकैतीमा संलग्न समूहले राई उनको ज्वाई जितेन्द्रलाल श्रेष्ठको कोठा बाहेक अन्य कोठाका दराज नखोतल्नु जस्ता घटनाक्रमले डकैतीमा परिचित ब्यक्ति संलग्न रहेको निष्कर्षमा प्रहरी पुगेको हो।

शनिबार बिहान साढे १ बजे भएको डकैतीको अनुसन्धानमा महानगरीय प्रहरी परिसर ललितपुरसँगै महानगरीय प्रहरी अपराध महाशाखाको टोली समेत जोडिएको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घर–जग्गा खरिदविक्रीको क्रममा श्रेष्ठले घर पास गर्ने दिनबारे आपराधिक समूहमा सूचना पुगेपछि डकैती भएको हुनसक्ने भन्दै अनुसन्धान त्यत्तै केन्द्रित गरिएको छ। महाशाखा र ललितपुर परिसरले अनुसन्धानका लागि सय बढी ब्यक्तिलाई नियन्त्रणमा लिए पनि घटनामा उनीहरुको संलग्नता खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell