PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'आन्तरिक मामिलामा हस्तक्षेपविरुद्ध' एमाले भ्रातृ संस्थाका विद्यार्थीले घेरे भारतीय दूतावास

'आन्तरिक मामिलामा हस्तक्षेपविरुद्ध' एमाले भ्रातृ संस्थाका विद्यार्थीले घेरे भारतीय दूतावास

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघ, अखिलसहित संयुक्त युवा विद्यार्थी आन्दोलनले लैनचौरस्थित भारतीय दूतावास घेराउ गरेको छ। दुतावास घेराउ गर्न पुगेका युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भएको छ। प्रहरीले उनीहरुलाई दूतावास गेटअगाडि पुग्नबाट रोकेको थियो। उनीहरुले बोकेको कालो ब्यानरमा 'भारतीय विस्तारवाद' र 'भारतीय राजदूत रञ्जीत रे फिर्ता जा' लेखेका थिए।

हेर्नुस्, इलिट जोशीले खिचेका फोटो-


 


ट्रेन्डिङ पोस्ट

Ncell