PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

कपिलवस्तु सदरमुकाम तौलिहवा निषेधित क्षेत्र, ५ जनाभन्दा बढी भेला हुन नपाइने



पहिलोपोस्ट

कपिलवस्तु सदरमुकाम तौलिहवा निषेधित क्षेत्र, ५ जनाभन्दा बढी भेला हुन नपाइने

कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सदरमुकाम तौलिहवामा आज बिहानदेखि निषेधित क्षेत्र घोषणा गरेको छ।

सरकारले संविधान संशोधन विधेयक दर्ता गराएसँगै विभिन्न ठाउँमा भइरहेको प्रदर्शनलाई मध्यनगर गर्दै शान्ति सुरक्षा कायम गर्न निषेधित क्षेत्र तोकिएको प्रशासनको भनाइ छ। जिल्ला प्रशासन कार्यलय चोकदेखि पूर्वमा वाणिज्य बैंकसम्म, उत्तरमा कृषि विकास बैंक हुँदै महिता चोकसम्म,  दक्षिणमा आन्दोलन चोकसम्म, पश्चिममा गौढी हुँदै उत्तरमा भिच्छु चोकसम्मको तीन किलोमिटर वरपर निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय कपिल्वस्तुका निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीले बताए।

संशोधन दर्ताको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएका समूहबीच झडप हुन सक्ने सूचना पाएकाले आइतबार राति नै जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चित समयका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेको उनको भनाइ छ।

अहिले निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्तिलाई भेट्न, आमसभा लगायतका काम गर्न निषेध गरिएको हो। अहिलेसम्म जिल्लाको शान्ति सुरक्षा सामान्य नै रहेको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell