PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

गोदामघरमा लागेको आगोमा परेका ३३ को शव भेटियो, मृत्यु हुनेको संख्या अझै माथि जाने



पहिलोपोस्ट

गोदामघरमा लागेको आगोमा परेका ३३ को शव भेटियो, मृत्यु हुनेको संख्या अझै माथि जाने

गए राति लागेको आगलागीमा परेको क्यालिफोर्नियाको अकल्यान्डको एक गोदामबाट उद्दारकर्ताहरुले १७ वर्ष र त्यो भन्दा पनि कम उमेरका सहित ३३ जनाको शव फेला पारेका छन्। गोदामघरमा स्टुडियो रहेको र त्यहाँ डान्स पार्टी चलिरहेको अवस्थामा आगलागी भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

अलेमेडा काउन्टीका सर्जेन्ट रे केल्लीले मृत्यु हुनेको संख्या अझै माथि पुग्न सक्ने 'चेतावनी' दिएका छन्। अकल्यान्डमा यो अहिलेसम्मकै भयानक आगलागी भएको बताइएको छ। अध्यारो बढेपछि अहिले खोजविन रोकिएको छ। केल्लीले बताएअनुसार मृत्यु हुनेको संख्या ह्वात्तै माथि बढ्न सक्ने देखिन्छ।

अनुसन्धानमा खटिएका अधिकारीहरुले त्यहाँ ज्यान गुमाउनेका परिवारका सदस्यलाई उनीहरुको डिएनए परीक्षणका लागि नमुना उपलब्ध गराउन आग्रह गरेका छन्।

सुरक्षा निकायले आगलागीबारे अनुसन्धान सुरु गरिसकेको छ। अकल्यान्डका मेयर लिब्बी सेफले अनुसन्धानका लागि सबै परिचालन भइसकेको बताए। साथै घटनासँग जोडिएर आउने सबै उजुरीहरुको पनि विस्तृत रुपमा अध्ययन गर्न निर्देशन दिइएको जानकारी दिए। शहरमा यस्तै अरु ठाउँहरु पनि छन् भने त्यो पहिचानका लागिसमेत निर्देशन दिइसकिएको छ।

स्थानीय समयअनुसार राति ११:३२ मा आगो लागेको थियो। यो गोदमलाई ‘घोस्ट सीप’ अर्थत् भूत जहाजका रुपमा चिनिन्थ्यो। यो गोदामभित्र धुँवा देखिएको सेन्सरले पहिचान गर्ने प्रविधि जडान भए नभएको भन्ने अझै खुलेको छैन।

प्रारम्भिक अनुसन्धानले सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने देखिएको भए पनि यकिन गर्न सकिएको भने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell