PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

कराँचीको होटलमा आगो, कम्तिमा ११ को जलेर मृत्यु



पहिलोपोस्ट

कराँचीको होटलमा आगो, कम्तिमा ११ को जलेर मृत्यु

पाकिस्तानको एक होटलमा लागेको आगोमा परी तीन महिलासहित कम्तिमा ११ जनाको मृत्यु भएको छ। चार तारे होटलको भुइतलामा रहेको किचेनबाट आगो सल्किएको थियो।

कराँचीको शाहरा ए फैसल सहरमा रहेको होटल रिजेन्ट प्लाजामा आगो लागेको थियो। ६ तल्ले होटलमा करिब १ सय गेस्टहरु ट्र्यापमा परेका थिए।

तीन घन्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो। इदी फाउन्डेसनका फैसल इदीले ११ जनाको मृत्यु भएको जानकारी दिए। कराँचीका मेयर वसिम अख्तरले घटनास्थलको अवलोकन गरे। उनका अनुसार आगलागीको कारण के थियो भन्ने पहिचान भइसकेको छैन। होटलमा आपतकालीन द्वार नभएका कारण उद्दारमा कठिनाइ भोग्न परेको उनले बताए।

आगलागीबाट प्रभावित भएका ६५ जनालाई अस्पताल पुर्‍याइएको छ। जिन्हा पोस्टग्र्याजुअट मेडिकल सेन्टरका प्रमुख डाक्टर सीमन जमालीका अनुसार आगो लागेपछि हामफालेर ज्यान बचाउन खोज्नेहरु घाइते अवस्थामा छन्। होटलका झ्यालबाट मानिसहरु हाम फालेका थिए। केहीको भने धुँवाका कारण निसास्सिएको अवस्थमा उद्दार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell