PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सुडानमा अपहरित नेपाली कहाँ छन्?



केपी ढुंगाना

सुडानमा अपहरित नेपाली कहाँ छन्?

काठमाडौं : एक साता अघि सुडानको पश्चिम डार्फरबाट अपहरणमा परेका २ नेपालीको अवस्था के छ? पराष्ट्र मन्त्रालयका अधिकारी भन्छन्, ‘संयुक्त राष्ट्र संघका अधिकारीसँग निकट रहेर जानकारी लिइरहेका छौं।’ तर, जानकारी के आएको छ त्यो खुलाउन चाहँदैनन्। नेपाली नागरिक अपहरित भएको पुष्टि भएको एक सातादेखि परराष्ट्रका अधिकारी न्युयोर्क र जेनेभामा रहेको नेपाली मिसनले राष्ट्रसंघको मुख्यालयसँग समन्वय गरिरहेको जवाफ दिइरहेका छन्।

अपहरणमा परेका नेपालीलाई अपहरणमुक्त गर्न के कस्तो प्रयास भएको छ? घटनाको एक सातापछि परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले ‘अपहरणमा परेका २ नेपालीबारे जानकारी लिन हामी राष्ट्र संघको नियमित सम्पर्कमा छौं’ भन्ने प्रतिकृयामात्रै दिए। उनीहरुको अवस्था, अपहरणमुक्त गर्न भइरहेको पहलको पाटोमा उनले बोल्न चाहेनन्। 

सन् २००३ बाट सुरु भएको सशस्त्र द्वन्द्वपछि राष्ट्र संघीय शान्ति मिसनबाट नेपाली सेना र नेपाल प्रहरी सुडानमा खटिँदै आएको छ। दुई नेपाली अपहरणमा परेको डार्फरमा नेपाल प्रहरीको क्याम्प छ। व्यक्तिगत रुपमा नेपाली नागरिक विभिन्न राष्ट्र संघीय मिसनमा आवद्ध भएर द्वन्द्वग्रस्त सुडानमा काम गर्दै आएका छन्। अपहरणमा परेका दुवै नेपाली नागरिक पनि शरणार्थी सम्बन्धी काम गर्ने राष्ट्र संघीय नियोग युएनएचसिआरमा कार्यरत थिए।

गत आइतबार हतियाधारी समूहले उनीहरुलाई सहयोगीसहित अपहरण गरी अज्ञात स्थानमा लगेका थिए। जेनेइनाको एक मस्जिद नजिकैबाट हतियारधारी समूहले २ नेपाली नागरिक र एक उनीहरुको सहयोगी सुडानी नागरिकलाई जर्वजस्ती गाडीमा राखेर लगेकोसम्म खुले पनि उनीहरुलाई कहाँ राखिएको छ र अपहरणकारीले केके माग राखेको छन् भन्ने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell