PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

​माइकल फेल्प्स दोस्रो पटक 'फिना स्विमर अफ दि इयर' घोषित, महिलातर्फ कटिन्का होस्जुको ह्याट्रिक



पहिलोपोस्ट

​माइकल फेल्प्स दोस्रो पटक 'फिना स्विमर अफ दि इयर' घोषित, महिलातर्फ कटिन्का होस्जुको ह्याट्रिक

अमेरिकी पौडीबाट माइकल फेल्प्स दोस्रो पटक 'फिना स्विमर अफ दि इअर' घोषित भएका छन्। 

फिना वर्ल्ड अक्विटिक्स गालामा कीर्तिमानी २३ ओलम्पिक स्वर्ण पदक विजेता फेल्प्स यस वर्षको फिना एथ्लेक्ट अफ दि इअर चुनिएका हुन्। रियोमा भएको ओलम्पिकमा फेल्प्सले ५ स्वर्ण तथा १ रजत जितेका थिए।

फेल्प्सले यसअघि सन् २०१४ मा पनि फिना स्विमर अफ दि इअर अवार्ड जितेका थिए। ३१ वर्षे फेल्प्सले ओलम्पिकमा कुल २८ पदक जितेका छन्।

यस्तै 'फिना स्विमर अफ दि इअर फिमेल' तर्फको अवार्ड हंगेरीका कटिन्का होस्जुले हात पारेकी छिन्। रियो ओलम्पिककमा ३ स्वर्ण जितेकी होस्जु लगातार तेस्रो पटक फिना फिमेल स्विमर अफ दि इअर घोषित भएकी हुन्। 

'फिना बेस्ट स्विमिङ अफ दि इअर अवार्ड' मेलतर्फ बेलायतका एडम पेट्टीले हात पारे भने फिमेलतर्फ अमेरिकी केटी लेडेकीले हात पारिन्। केटीले रियोमा ४ स्वर्ण जितेकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell