PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

गोली हानेर भाउजुको हत्या



पहिलोपोस्ट

दाङ : घरायसी विवादमा विक्रम थापाले आफ्नै भाउजु पूर्णा थापालाई गोली हानेर हत्या गरेका छन्।

घोरही–३ का २८ वर्षीय थापाले घरायसी विवादका क्रममा बडरा बस्ने ३० वर्षीया भाउजु पूर्णालाई गोली हानेका थिए। गोली लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोरही लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

घटना लगत्तै विक्रम भने फरार छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दाङ घोरहीका दिपक गिरीलाई नियन्त्रणमा लिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell