PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल उपविजेता, श्रीलंका च्याम्पियन



पहिलोपोस्ट

दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा नेपाल उपविजेता, श्रीलंका च्याम्पियन

काठमाडौँ : नेपाल श्रीलङ्कामा भएको तेस्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिपमा उपविजेता बनेको छ।

अन्तिम खेलमा आयोजक श्रीलंकासँग पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाउनुपरेको हो। श्रीलंकासँग बराबरी खेलेको भए मात्र पनि नेपाल च्याम्पियन बन्ने थियो। नेपाल श्रीलंका २-१ ले पराजित भएको हो।

राउन्ड रोविनको आधारमा भएको प्रतियोगितामा आइतबार भारतलाई ५-० ले हराउँदै नेपालले श्रीलंकासँगको उपाधि भिडन्त पक्का गरेको थियो।

दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपालले मालदिभ्सलाई ३–२ ले र पाकिस्तानलाई ९–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो। (फोटो : गोलनेपाल डट कम)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell