PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

रसुवाका पहिरोपीडितसँग दु:ख साट्न पुगे धुर्मुस-सुन्तली



पहिलोपोस्ट

रसुवाका पहिरोपीडितसँग दु:ख साट्न पुगे धुर्मुस-सुन्तली

रसुवा : ‘बालमैत्री देश’ निर्माण अभियानमा रहेका हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले रसुवाको हाकु पहिरोबाट पीडित स्थानीयसँग दु:ख साटासाट गरेका छन्।
 
बालमैत्री फिल्म ‘ज्योति’ प्रदर्शनका लागि रसुवाको धुन्चे पुगेका उनीहरुले हाकु र डाँडागाउँबासीको पहिरो पीडाबारे जानकारी लिए। भेटमा विस्थापित परिवारले भूकम्पपछिको पहिरोबाट ७ सय परिवारभन्दा बढी विस्थापित भएको जानकारी गराए। गुठीको जग्गा भएका कारण लालपुर्जा समेत नभएकाले भूकम्पपीडितले पाउने राहत रकम पाउन मुस्किल परेको हाकुवासीले बताएका छन्।
 
‘घर छ, जग्गा छ हेर्दा माया लाग्छ तर, पहिरोको डरले धुन्चेको डाँडाबाट घरबारी हेरेर बस्नुपर्ने बाध्यता छ,’ भावुक हुँदै दोर्जे विन्जोले सुनाए।
पीडित स्थानीयको समस्या सुनेपछि धुर्मुसले हाकुबासीको समस्यालाई सरोकारवाला निकायसम्म पुर्‍याउनने प्रतिबद्धता जनाएका छन्।

पत्रकारसँग छलफल गर्दै सुन्तलीले भने हाकु र डाडाँगाउँका भूकम्प र पहिरोबाट विस्थापित भएकाहरुलाई सुरक्षित ठाउँमा एकीकृत बस्ती बनाएर राख्ने सकिने सम्भावना औँल्याएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell