PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

जनमत संग्रहमा भारी मतले पराजित भएपछि इटालीका प्रधानमन्त्रीको राजीनामा



पहिलोपोस्ट

जनमत संग्रहमा भारी मतले पराजित भएपछि इटालीका प्रधानमन्त्रीको राजीनामा

इटालियन प्रधानमन्त्री माटिओ रेन्जीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

अहिले लागू भइरहेको संविधानमा सुधारको पक्षमा रहेका उनले जनमत संग्रहमा पराजित भएपछि राजीनामा दिने घोषणा गरेका छन्।
 
पराजयभन्दा पनि आफूले सन् १९४८ को संविधान संशोधनका लागि जनमत संग्रह चाहेको उनले बताएका छन्। माथिल्लो सदनभन्दा केन्द्रीय सरकारलाई बलियो बनाउनुपर्छ भन्ने पक्षमा उनी थिए।
 
जनमतमा ६० प्रतिशतभन्दा बढीले उनको विपक्षमा मत दिएका छन् र यो अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
 
‘भोलि राष्ट्रपतिसँग मेरो भेट हुनेछ र मैले उहाँलाई आफ्नो राजीनामा बुझाउनेछु,’ रेन्जीले समर्थकमाझ भने, ‘हारको सबै दायित्व म आफैँ लिनेछु। मैले हारेँ, तपाईंहरुले होइन।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell