PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

एमालेले 'भारत' को नाम नलिई भन्यो- आन्तरिक मामिलामा हस्तक्षेप नगर



पहिलोपोस्ट

एमालेले 'भारत' को नाम नलिई भन्यो- आन्तरिक मामिलामा हस्तक्षेप नगर

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालको आन्तरिक मामिला हस्तक्षेप नगर्न छिमेकी मुलुक 'भारत'लाई अपील गरेको छ। 
एमालेको युवा र विद्यार्थी भ्रातृ संगठनले भारतीय दूतावास बाहिर चर्का नारासहित हस्तक्षेपको विरोधमा प्रदर्शन गरेकै दिन बसेको स्थायी समिति बैठकले यस्तो अपील गरेको हो। 

यद्यपि एमालेले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकपछि जारी गरेको विज्ञप्तिमा भारतको नाम उल्लेख नगरी चलाखिपूर्ण तरिकाले 'हाम्रा छिमेकी तथा अन्तराष्ट्रिय मित्रहरुलाई' भनिएको छ। 

एमालेको स्थायी समितिको निर्णयबारे जारी विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको आन्तरिक विषयहरुमा अनावश्यक चासो राख्दै, आन्तरिक मामलामा पक्षधरता देखाउने तथा हस्तक्षेप गर्ने कुनै पनि काम कारबाही नगर्न बैठकले हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रहरुलाई हार्दिक अपिल गरेको छ।‘

नेपालभित्रको कुनै पनि समस्यालाई नेपालका राजनीतिक दल तथा जनताले आँफै समाधान गर्दै मुलुकलाई अगाडि बढाउन सक्षम रहेको उल्लेख गरिएको छ। 

संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि भारतको विदेश मन्त्रालय शनिबार औपचारिक प्रतिक्रिया दिँदै त्यसलाई ‘महत्वपूर्ण कदम’ भन्दै सकरात्मक रुपमा लिएको थियो। 

त्यस्तै भारतीय राजदूतले पनि शनिबारै मधेसकेन्द्रित दलका नेताहरुलाई दुतावासमा बोलाएर संविधान संशोधनका विषयमा छलफल गरेका थिए।  भारतीय राजदूतावासअगाडि एमाले कार्यकर्ताले सोमबार गरेको प्रदर्शन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell