काठमाडौं :जापान ट्रान्जिट बनाएर रोजगारीका लागी दक्षिण कोरिया लैजाने आवरणमा ५४ लाख ठगी गरेको आरोपमा ट्राभल्स एजेन्सी सञ्चालक लाक्पा तेम्बा शेर्पा पक्राउ परेका छन्।
साङ्गे शेर्पा सहित ४ जनालाई दक्षिण कोरियामा आकर्षक तलवको सुविधा भएको कम्पनीमा काम लगाईदिने भन्दै ४६ लाख लिएर जापान पू¥याई पुनः ८ लाख लिएर अपलत्र पारेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई सोमबार पक्राउ गरेको हो ।
लामाको प्रलोभनमा परेर पैसा बुझाई टुरिष्ट भिषामा जापान गएकाहरु अलपत्र परी ९ महिना जेल परेर नेपाल फर्किएपछी उनीहरुले महाशाखामा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा महाशाखाले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
महाशाखाका अनुसार उनले प्रारम्भमा टुरिष्ट भिषामा उनीहरुलाई जापान पू¥याएका थिए । जापान पुगेकाहरुलाई उनले पैसा नपुगेको भन्दै पुन ८ लाख रुपैंया लिए पनि कोरिया पठाएनन् ।
टुरिष्ट भिषाको म्याद सकिए पनि कोरिया जान नसकेपछी उनीहरु जापानमा पक्राउ परी ९ महिना जेल परेका थिए । जेलमुक्त भएर नेपाल फर्किएका उनीहरु महाशाखाको टेकुमा रहेको कार्यालयमा गएर निवेदन दिएका थिए ।
सोही निवेदनको आधारमा खोजीमा खटिएको प्रहरीले लामालाई बौद्धमा पक्राउ गरेको हो ।
महाशाखाका अनुसार उनी रोयल स्टार ट्राभल्स प्रालिका सञ्चालक समेत हुन् । उनी गाईडको रुपमा काम गर्दै आएका थिए ।