PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

डलर बोकेर दिल्ली हिँडेका अमेरिकी नागरिक पक्राउ



पहिलोपोस्ट

डलर बोकेर दिल्ली हिँडेका अमेरिकी नागरिक पक्राउ

काठमाडौं: २० हजार अमेरिकी डलर बोकेर दिल्ली हिँडेका अमेरिकी नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् । विदेशी मुद्रा लुकाएर लैजाने प्रयास गरेको भन्दै विमानस्थलको प्रहरीले टेसबुम तेनजिन दोर्जीलाई पक्राउ गरेको हो ।

विमानस्थल प्रहरीका अनुसार नेपाल एयरलाइन्सको उडानद्वारा दिल्ली जान विमानस्थल पुगेका उनको साथबाट २० हजार २ सय ४० अमेरिकी डलर र ३६ हजार भारतीय रुपैंया फेला परेपछी पक्राउ गरिएको हो ।

प्रहरीले थप अनुसन्धानका लागी उनलाई राजस्व अनुसन्धान बिभागमा बुझाएको जानकारी दिएको छ । तस्विर : money.cnn.com
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell