PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

प्रधानमन्त्री प्रचन्डप्रति उपेन्द्रको आक्रोश : 'उनी कम्युनिस्ट हैन कमाउनिस्ट हुन्’



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचन्डप्रति उपेन्द्रको आक्रोश : 'उनी कम्युनिस्ट हैन कमाउनिस्ट हुन्’

कलैया : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा दुई प्रदेश र पूर्ण समानुपातिक समावेशिताको ग्यारेन्टी नभएसम्म संविधान स्वीकार नगर्ने चेतावनी दिएका छन्।

सरकारले संविधान संशोधनको विधेयक दर्ता गरेदेखि नै विपक्षमा उभिएका यादवले बाराको गंजभवानिपुरमा आयोजित कार्यक्रममा संशोधन प्रस्ताव अधुरो रहेको भन्दै व्यापक संशोधन हुनुपर्ने बताए।

‘पूर्ण मधेशमा दुई प्रदेश र पूर्ण समानुपातिक समावेशिताको ग्यारेन्टी नभएसम्म संविधान अधुरो छ, त्यसलाई मधेसी जनताले मान्दैनन्।’
मधेसको माग पूरा गर्ने आशमा पुष्पकमल दाहाल 'प्रचन्ड'लाई आफूहरुले साथ दिएको तर सत्तामा गएपछि धोका दिएको उनले दावी गरे। प्रचन्डप्रति व्यङ्ग्य गर्दै उनले कार्यक्रममा भने ‘प्रचन्ड कम्युनिस्ट नभई ‘कमाउनिस्ट’ हुन् ।’

बुटवलमा नेकपा एमालेले गरिरहेको संविधान संशोधन विधेयकको विरोधको आन्दोलनलाई महेन्द्रवादी चरित्रको संज्ञा दिए। उनले दुनियाँमा अधिकार नदिन आन्दोलन भएको नसुनिएको तर एमालेले त्यो देखाइदिएको भन्दै  एमालेमा रहेका मधेशी नेतालाई पार्टी नेतालाई सम्झाउन आग्रह गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell