PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

हृदयाघातका कारण भारतको तामिलनाडूकी मुख्यमन्त्री जयललिताको निधन



पहिलोपोस्ट

हृदयाघातका कारण भारतको तामिलनाडूकी मुख्यमन्त्री जयललिताको निधन

नयाँदिल्ली : भारतको दक्षिणी राज्य तामिलनाडूकी मुख्यमन्त्री जयाललिताको हृदयाघातका कारण गएराति ६८ वर्षको उमेरमा निधन भएको छ।
 
हृदयाघातपछि सोमबार बिहान उनको मुटुको शल्यक्रिया गरिए पनि चिकित्सकले बचाउन सकेनन्। चेन्नाइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा उनको निधन भएको हो।
 
दुई महिनाअघि ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो। 
 
राजनीतिमा आउनुअघि उनले १५० वटा फिल्ममा अभिनय गरिसकेकी थिइन्। सन् १९८० पछि नै उनी राजनीतिमा सक्रिय भइन्।

तीन पटकसम्म तामिलनाडूको मुख्य मन्त्रीको पद सम्हालिसकेकी उनी पछिल्लो पटक सन् २०११ को मे देखि सो पदमा थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell