PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

आरक्षमा मृत हात्तीको छावा फेला परेपछि प्रशासनले गर्‍यो विधिपूर्वक सद्गत



पहिलोपोस्ट

वीरगन्ज : पर्सा वन्यजन्तु आरक्षमा फेला परेको मृत हात्तीको छावालाई आरक्ष प्रशासनले विधिपूर्वक सद्गत गरेको छ।

आरक्षको रामभौरीभाठा, शीतलपुर खोला क्षेत्रमा दुई वर्षको हात्तीको छावा मृत फेला परेको आरक्षका सहायक संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए। आरक्षको गस्ती टोलीले फेला पारेको छावालाई आरक्षका कर्मचारी र सेनाको टोलीले खाल्डो खनी अन्त्येष्टि गरेको हो।
 
ठूलो हात्तीको आक्रमणमा परी घाइते भई सो छावा मरेको हुन सक्ने सहायक संरक्षण अधिकृत कँडेललले बताए। उनका अनुसार सो छवाको दाहिने पेटको पछिल्लो कोखमा गहिरो घाउ देखिएको थियो।
 
जंगली हात्तीको प्राकृतिक वासस्थान मानिएको यो आरक्षमा ६० देखि ६५ वटा हात्ती रहेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell