PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

युरोपेली युनियनकी राजदूतले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई



पहिलोपोस्ट

युरोपेली युनियनकी राजदूतले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली युनियनकी राजदूत रिन्चे टिरिन्कले भेट गरेकी छिन्।
 
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टिरिन्कबीच नेपालको संविधान कार्यान्वयन र शान्ति प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो। भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि युरोपेली युनियनले खेलेको भूमिका लागि धन्यवाद दिँदै भूकम्पपछिको पुनर्निर्माण एवं विकासका क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरे।
 
भेटमा राजदूत टिरिन्काले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिन सक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा युनियन विश्वस्त रहेको बताइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell