PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

अध्यक्षसँग मतभेद भएपछि तरार्इ-मधेस सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष अन्सारीको राजीनामा



पहिलोपोस्ट

काठमाडौं : तरार्इ मधेस सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष अलाउद्दिन अन्सारीले पदबाट राजीनामा दिएका छन्।
 
पार्टी अध्यक्ष महेन्द्रराय यादवलार्इ राजीनामा पत्र लेख्दै उनले तत्काल राजीनामा स्वीकृत गरिदिन आग्रह गरेका छन्। उनले साधरण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। राजीनामापत्रमा उनले ‘समय अभावका कारण काम गर्न कठिन भएकोले वरिष्ठ उपाध्यक्ष र साधारण सदस्यताबाट समेत राजीनामा दिएको’ उल्लेख गरेका छन्।
 
‘अध्यक्षसँग नीतिगत विषयमा मतभेद भएकोले राजीनामा दिएको हुँ,’ उनले पहिलोपोस्टसँग भने, ‘म तत्कालै कुनै दलमा आबद्ध हुने मनसायमा छैन।केही समय तटस्थ नै बस्छु।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell