PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

कैंची लगाएपछि मात्र चल्ने भयो 'कीर्तिपुर'



पहिलोपोस्ट

कैंची लगाएपछि मात्र चल्ने भयो 'कीर्तिपुर'

काठमाडौं: वासुपासा लिखित ‘भैरवसिंह’ नामक ऐतिहासिक उपन्यासमा आधारित फिल्म 'कीर्तिपुर'लाई सेन्सरले रोक लगाएको थियो। ऐतिहासिक पक्ष तथा राजपरिवार सम्बन्धि विषयमा प्रयोग भएको संवाद र दृश्यका कारण फिल्ममा कैंची लगाउन पर्ने भएको हो। सेन्सरले रोकेको एक वर्षपछी फिल्म प्रदर्शनमा आउने भएको छ।

केहि दृश्य तथा संवाद सेन्सर गरेर युनिभर्सल सर्टिफिकेट पाएको फिल्म यही वर्ष सार्वजनिक हुने जानकरी निर्माण टिमले दियो। सोमबार (हिजो) फिल्मको विशेष शो आयोजना गरी फिल्म प्रदर्शनका लागि तयार भएको जानकारी दिइएको हो। प्रदिप खड्गीको निर्देशन रहेको फिल्ममा नेपाल एकिकरणको श्रेय पाएका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर माथी हमला गरेको कथालाई पर्दामा उतार्ने प्रयास गरेको बताइयो। खड्गीका अनुसार फिल्ममा ९०% सिनमा एनिमेशन गरिएको छ।

अभिनेता यशराज गराच पृथ्वीनारायण शाहको भुमिकामा देखिएका छन्। गराचसँगै हिसिला महर्जन, मनि लावत, मदनदाश श्रेष्ठ, अञ्जला नकर्मी लगायतको अभिनय रहेको छ। शंकर महर्जनले खिचेको फिल्ममा प्रदीप खड्गी र केके मानन्धरको संयुत्त लगानी रहेको छ।
नेपाली साथै नेवारी भाषाको प्रयोग गरिएको कीर्तिपुरलाई फोकश पिचर्सले प्रस्तुत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell