छैटौं स्थानमा रहेको रियल सोसिडाडाले ला लिगामा सोमबार फराकिलो अन्तरको हार बेहोरेको छ। सोसिडाड रेलिगेशन जोनमा रहेको डेर्पोिटभा ला कुरानासँग ५-१ ले पराजित भएको हो।
हारसँगै सोसिडाड अंक तालिकामा अगाडी बढ्ने मौका गुमाएको छ। ला कुरानालाई हराएको भए सोसिडाड एथ्लेटिको मड्रिड र भियारियललाई पछि पार्दै चौथो स्थानमा उक्लने थियो भने बराबरीले पनि सोसिडाडा एक स्थान अगाडी बढ्ने थियो।
तर हारसँगै सोसिडाड छैटौं स्थानमा यथावत छ भने महत्वपूर्ण जित हासिल गरेको ला कुराना रेलिगेशनबाट जाने छाडेर अगाडी बढेको छ।
जितपछि ला कुरानाले १४ खेलबाट १३ अंक जोड्दै १६ औं स्थानमा उक्लन सफल भएको हो। यस सिजन ला लिगामा ला कुरानाको यो तेस्रो जित हो।
ला कुरानाको जितमा फ्लोरिन एनडोनले २ तथा सिद्नेइ र याएन बाबेलले १/१ गोल गरे। सोसिडाडका एनिगो मार्टिनेजले एक आत्मघाती गोल गरेका थिए। युरी बर्चिचेले सोसिडाडका लागि सान्त्वना गोल गरे।
ला लिगामा १४ औं चरणको समाप्तीपछि ३४ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा कायम छ भने बार्सिलोना २८ अंकसहित दोस्रो तथा सेभिया २७ अंकका साथ तेस्रो स्थानमा छ।