
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष जोसेफ सेप ब्लाटरमाथि ६ वर्षे प्रतिबन्ध कायमै रहेको छ। कोर्ट अफ अर्बिटेसन फर स्पोर्ट्स सीएएसले सोमबार अपिल खारेज गरेसँगै ब्लाटरको प्रतिबन्ध कायम रहेको हो।
८० वर्षे ब्लाटरलाई फुटबलसम्बन्धी कुनै पनि गतिविधीमा संलग्न हुन नपाउने गरी प्रतिवन्ध लगाइएको थियो।
ब्लाटर स्वयमले पनि प्रतिवन्ध स्वीकार गर्दै अब आफ्नो प्रतिवन्धबाट आफ्नो नाम हटाउने अभियान सकिएको बताए।
'म अब स्वीस कोर्टमा अपिल गर्नेछैन।' ब्लाटरले एएफसीसँग भने। स्वीस कोर्ट अब ब्लाटरले अपिल गर्न सक्ने अन्तिम र एक मात्र विकल्प हो।
'मैले निर्णयलाई स्वीकार गर्नुपर्छ, फिफामा मेरो ४१ वर्षको अनुभव छ। मैले यो पनि सिकेको छु की तपाईले स्र्पोट्समा जित्नुहुन्छ तर तपाईले हार्नु पनि हुन्छ।'
१७ वर्ष फुटबलको सर्वोच्च निकायमा राज गर्दा ब्लाटरलाई विभिन्न खाले भ्रष्टचारको आरोप लागेको थियो।
गत डिसेम्वरमा ब्लाटर र युईएफएका पूर्व अध्यक्ष मिचेल व्प्लाटिनीलाई ८ वर्षको प्रतिवन्ध सुनाएको थियो तर पछि अपिल कमिटीले प्रतिवन्ध २ वर्ष घटाएर ६ वर्षमा झारेको थियो।