PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

बुद्ध जन्मस्थल लुम्बिनीमाथि चीनको चासो



पहिलोपोस्ट

बुद्ध जन्मस्थल लुम्बिनीमाथि चीनको चासो

काठमाडौं : चीनमा नेपालको लुम्बिनी लगायतका स्थान समेटेर फिल्म निर्माण भइरहेको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एक चिनियाँ टोलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत नेपालको ऐतिहासिक विषय समेटेर फिल्म तयार भइरहेको बारे जानकारी गराएको हो।
 
आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको चिनियाँ चित्रकारको टोलीले सो क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिङले प्रचण्डसँग हात मिलाइरहेको चित्र हस्तान्तरण गरेको छ। भारतको गोवामा हालै सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा ती दुई शीर्ष व्यक्तित्वबीच द्विपक्षीय भेटवार्ता हुँदा खिँचिएको तस्बिरलाई चिनियाँ चित्रकारले उतारेका हुन्।
 
प्रधानमन्त्रीले आफू चिनियाँ कलाबाट प्रभावित भएको बताउँदै यसले नेपाल र चीनबीचको सम्बन्धमा थप हार्दिकता थपेको बताएका थिए।
‘नेपाल र चीनबीचको जनस्तरमा विकसित सम्बन्धले दुई देशबीचकै सम्बन्धमा प्रगाढता ल्याउँछ,’ उनले भने, ‘जनता जनताबीचको सम्बन्ध विकसित गर्न तपाईंहरुको कदम स्वागतयोग्य छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell