PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

कपिलवस्तु सदरमुकाममा लगाएको निषेधित क्षेत्र आज बिहानदेखि फुकुवा



रासस

कपिलवस्तु सदरमुकाममा लगाएको निषेधित क्षेत्र आज बिहानदेखि फुकुवा

कपिलवस्तु : संविधान संशोधन प्रस्तावको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि कपिलवस्तु सदरमुकाम तौलिहवामा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता लिएकोे छ । 

सदरमुकाम तौलिहवामा सोमबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएको थियो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान १० बजेदेखि निषेधित क्षेत्र फुकुवा गरिएको हो। 

शान्ति व्यवस्थामा खलबल हुन सक्ने देखिएकाले जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको थियोे। 

विगत छ दिनदेखि संशोधन प्रस्तावको समर्थन र विरोधमा भएको प्रदर्शनले जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ। 

उत्तरी क्षेत्रका बजार, यातायात, बैंक र शैक्षिक संस्था बन्द रहेका छन् भने बन्दका कारण सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण मारमा परेका छन् । बन्दको असर सदरमुकाम तौलिहवा र दक्षिणी क्षेत्रमा भने परेको छैन। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell