PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

यस्तो थियो जयललिताको फिल्मी यात्रा



पहिलोपोस्ट

यस्तो थियो जयललिताको फिल्मी यात्रा

जयललिता जयरामान १२ वर्षकी थिइन् जब उनले पहिलो पटक १९६० मा स्टेजमा आफ्नो नृत्य प्रस्तुत गरिन्। मयलापुरको एक कार्यक्रममा उनको नाचे हेरेका प्रमुख अतिथि स्टार शिवाजी गणेशानले जयाको आमासँग भने, 'यिनी पछि ठूलो फिल्मस्टार बन्छिन्।'
 
भयो पनि त्यस्तै। उनले ठीक एक वर्षपछि फिल्ममा बाल कलाकारका रुपमा इन्ट्री गर्न पाइन्। कन्नड फिल्म 'श्री शायला महाथमें' उनको पहिलो फिल्म थियो।
 
पुन: १९६२ मा उनले हिन्दी फिल्म 'मनमौजी'मा अभिनय गर्ने मौका पाइन्। किशोर कुमार र साधना अभिनित फिल्ममा उनको तीन मिनेटको मात्र भूमिका थियो।
 
राजनीतिक उतारचढाव भोग्नु अघि उनको जीवनमा फिल्मी उथलपुथल भएको थियो।
१५ वर्षको उमेर देखि  जयललिताले हिन्दी, अङ्ग्रेजी, कन्नड, तमिल, तेलुगू, मलयाली फिल्महरुमा मुख्य भूमिकामा अभिनय गरिन्।
 
सन् १९६४ मा सार्वजनिक 'चिन्नडा गोम्बे' अभिनेत्रीका रुपमा उनको पहिलो फिल्म हो। सोही वर्ष उनको मुख्य अभिनय रहेको तेलुगू फिल्म 'मनुशुल मामाथालु' पनि प्रदर्शनमा आयो।
 
उनले दिएको पहिलो हिट फिल्म 'वेन्निरा आडाई' फिल्म हो जुन १९६५ मा सार्वजनिक भएको थियो। फिल्म हिट भएपछि उनलाई पछाडि फर्किन परेन। उनी 'तमिल सिनेमाकी रानी' भनेर चिनिन थालिन्। थोरैमध्ये जय एक थिइन् जस्ले सिनेमाका लागि बोल्ड सिन दिइन्। भलै त्यस समय नुहाएको दृश्य दिनु, स्कर्ट लगाउनु र स्लिभलेस लुगा लगाउनुलाई बोल्ड सिन मानिन्थ्यो।
 
उनले सुरुमा गरेका केही फिल्मलाई  'एडल्ट सर्टिफिकेट' दिइयो। जसलाई उनले नै हेर्न नगएको बीबीसी हिन्दीले जनाएको छ।
शास्त्रीय संगीतको प्रशिक्षण लिएकी उनले हिन्दी फिल्मका लागि एक सशक्त कलाकार ठहरिइन्।
 
अङ्ग्रेजी उपन्यासमा रुची राख्ने उनी सुटिङका समय पनि किताब बोकेर जान्थिन्। 
 
मरुधुर गोपालन रामाचन्द्रनसँग काम गर्न थालेपछि भने उनले फरक पहिचान बनाइन्। दुवै एकैसाथ १९६५मा 'आइरथिल ओरुवन'मा देखिए। र एकसाथ २५ भन्दा बढी फिल्ममा काम गरे।
केही वर्षको अन्तरालमा १९६८ मा फिल्म 'इज्जत'बाट उनले कमब्याक गरेकी थिइन्। जसमा उनलाई साथ थियो धर्मेन्द्र र साधनाको।
 
बोल्ड नायिकाको रुपमा स्थापित उनले १९७२ मा फिल्म 'पट्टिकड्डा पट्टानामा'बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन्। फिल्मले पनि राष्ट्रिय अवार्ड जितेको थियो। १९७३ मा पनि उनी उत्कृष्ट नायिका घोषित भइन्। तमिल फिल्मतर्फ फिल्मफेयरले फिल्म 'सूर्यगंधी'का लागि उनलाई पुरस्कृत गरेको थियो।
 
उनका १ सय २५ फिल्ममा सय फिल्म हिट भए। जयललिता सबैभन्दा धेरै सिल्वर जुब्ली हिट्स भएकी तमिल नायिका हुन्।
 
एक अभिनेत्री आमाकी छोरी जयले सन् १९८०को दशकमा मात्र राजनीतिमा हात हालिन्। र, राजनीतिमा लागेका कलाकारमध्ये निकै कममात्र सफल भए। तर उनी सफल राजनीतिज्ञहरुको लिस्टमा अटाउन सकिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell