
पेरिस : फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले मङ्गलबार बर्नार्ड काजेनुभलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।
यस अघिका प्रधानमन्त्री म्यानुएल भल्जले आगामी बर्ष हुन गइरहेको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निश्चयकासाथ प्रधानमन्त्रीबाट राजिनामा दिएपछि प्रधानमन्त्री पद रिक्त थियो।
वर्तमान गृहमन्त्री रेहका बर्नार्ड काजेनुभलाई निवर्तमान प्रधानमन्त्री म्यानुएल भल्जको स्थान लिनेछन्।
यससँगै नयाँ प्रधानमन्त्री काजेनुभलाई आगामी जुनमा हुने संसदीय निर्वाचन गराउने मुख्य जिम्मेबारी आएको छ। उनले जुनमा हुने संसदिय निर्वाचनसम्म प्रधानमन्त्री पद सम्हाल्नेछन्।
वर्तमान राष्ट्रपति अलान्दले गत साता आफु दोस्रो कार्यकालको खोजीमा नरहेको बताएका थिए।
राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका भलासले अगामी महिना सोसिएलस्टको प्राइमरी निर्वाचनमा अर्का प्रतिस्पर्धीसँग भिड्नेछन्।
यसमा सफल भए भलासले अगामी वर्ष २०१७ अप्रिलमा हुने राष्ट्रपति निर्वाचनमा फ्राँस्वा फिलोन र मारिन ले पेनसँग प्रतिस्पर्धा गर्नेछन्।