PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

टर्किसको झोलामा ६ किलो चरेस



पहिलोपोस्ट

प्रहरीले ६ केजी चरेस सहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। 

लागुऔषध नियन्त्रण व्यूरोको शाखा कार्यलय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको टोलीले टर्की नागरिक राहदानी नम्वर यु ०२३७३७०५ भएका ४४ बर्षीय ओजुर तानलाई पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थलबाट टर्कीको स्तानवुल जान लागेको अवस्थामा उनी पक्राउ परेका हुन्। पक्राउ परेका ओजुरले सुटकेस पिधमा फल्स बटम बनाई लुकाई छिपाई लैजान लागेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell