PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

नेपाली सञ्चारमाध्यमका ९५ प्रतिशत समाचारमा पुरुष स्रोत



पहिलोपोस्ट

नेपाली सञ्चारमाध्यमका ९५ प्रतिशत समाचारमा पुरुष स्रोत

काठमाडौँ : नेपाली सञ्चारमाध्यममा पुरुष प्रतिनिधित्वको अधिकांश समाचार आउने गरेको एक अध्ययनले देखाएको छ।
 
क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) ले आज आयोजना गरेको ‘मिडियामा लैङ्गिक सहभागिता’ विषयक गोष्ठीफमा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनमा समाचारको स्रोत र प्रत्यक्ष प्रसारणमा समेत पुरुषको प्रतिनिधित्व बढी हुने गरेको उल्लेख छ।
 
सो अध्ययनका अनुसन्धानकर्ता जेवी विश्वकर्माले सञ्चारमाध्यममा ९५ प्रतिशत पुरुषको प्रतिनिधित्व हुने गरेको पाइएको बताए।
 
१० वटा राष्ट्रिय दैनिक र पाँच अनलाइनमा तीन महिनाभित्रमा प्रकाशित दुई हजार चार सय १५ लैङ्गिक समाचारको अध्ययन गर्दा ९५ प्रतिशत समाचारमा पुरुषको स्रोत रहेको देखाएको उनले बताए।
 
राष्ट्रिय समाचार समिति (रासस) की महाप्रबन्धक निर्मला आचार्यले महिला सम्बन्धी गहन समाचार महिला समाचारदाताबाटै आउने गरेको आफ्नो अनुभव रहेको र लैङ्गिक विषयमा अपवादबाहेक पुरुषले खासै महत्वपूर्ण सामाचार ल्याउन नसकेको बताइन्।
 
डब्लुडब्लुजेकी अध्यक्ष शुभेच्छा विन्दुले समाचारकक्ष र सम्पादनकक्ष पनि लैङ्गिकमैत्री हुनुपर्ने आवश्यकतामाथि जोड दिइन्।
 
कार्यक्रममा सहभागी सञ्चारकर्मीले अध्ययन गर्दा सबै सञ्चारमाध्यम (रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन) लाई पनि समेट्नुपर्ने र सञ्चारमाध्यममा लैङ्गिकमैत्री वातावरण हुनुपर्ने धारण व्यक्त गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell