PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

१६ वर्षीया किशोरीको धानखेतमा शव भेटियो



रासस

इनरुवा : सुनसरी नरसिंह–८ स्थित धानखेतमा आज शङ्कास्पद अवस्थामा एक किशोरीको शव फेला परेको छ। 

शव सुनसरी लौकही–२ का सिंहेश्वर यादवकी ६ वर्षीया छोरी राधाकुमारी यादवको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। राधाको शव आफनै धान खेतमा शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

राधा बिहान ६ बजे घरबाट धान काट्नका लागि खेततर्फ गएकी थिइन्। घाँटीमा सल बेरिरहेको अवस्थामा शव फेला परेको थियो। मृत्युको कारणका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell