PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

​युसिएल : नेपोली र वेनफिका नकआउट राउण्डमा, किभसँग हारेपछि बेसिकटास बाहिरियो



पहिलोपोस्ट

​युसिएल : नेपोली र वेनफिका नकआउट राउण्डमा, किभसँग हारेपछि बेसिकटास बाहिरियो

इटालियन क्लब नेपोली र पोर्चुगिज क्लब वेनफिका युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन्। 

समूह बी अन्तर्गत डाइनामो किभले ९ खेलाडीमा रहेको टर्कीस क्लब बेसिकटासलाई ६-० ले हराएपछि नेपोलीसँग हारेको वेनफिका पनि अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो। 

वेनफिकालाई २-१ ले पराजित गरेको नेपोली  ११ अंक जोड्दै समूह बी को विजेता बनेको हो। वेनफिका ८ अंककका साथ उपविजेता बन्यो। 
किभसँग फराकिलो हार बेहोरोसँगै बेसिकटासको भने नकआउठ पुग्न सम्भावना सकिएको हो। बेसिकटासको ७ अंक मात्र रहेको छ।

वेनफिकाको मैदानमा नेपालीलाई जिताउन जोस मारिया कालेजोन र ड्रइस मर्टेन्सले १/१ गोल गरे  राउल जिमेनेजले सान्त्वना गोल फर्काएका थिए। 

यता घरेलु मैदान किभले दुई खेलाडी कम रहेको फाइदा उठाउँदै बेसिकटालाई ६ गोल हान्यो। किभका लागि अर्टेम बिसेदिन, एण्ड्री यार्मेलेन्को, भिटाले बुयाल्स्की, डेलिस गोन्जालेज, सेरी साइडोर्चोक र जुनियर मोराएसले / १ गोल गरे। बेसिकटासका आन्द्रेस बेकले २९ औं मिनेटमा सिधै रातो कार्डको सामना गर्दा ५६ औं मिनेटमा भिनसेन्ट अबाउबाकरले दोहोरो पहेँलो कार्ड पाए।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell